भौतिक पूर्वाधारतर्फ १ खर्ब ५२ अर्ब बजेट विनियोजन

जेष्ठ १५, २०८२ | काठमाडौं
आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयतर्फ १ खर्ब ५२ अर्ब रुपैयाँ बजेटको व्यवस्था गरिएको छ । जस अन्तर्गत नागढुङ्गा र सिद्धबाबा सुरुङमार्ग निर्माण सम्पन्न गर्नकालागि २ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोेजन गरेको छ । आगामी दुई वर्ष भित्रमा पूर्व पश्चिम राजमार्गको विभिन्न खण्डमा गरि ४ सय २२ किलोटिर सडकलाई ४ लेनमा विस्तार गर्नका लागि २१ अर्ब १९ करोड रुपैयाँ बजेटको व्यस्था गरिएको छ । राष्ट्रिय गौरवका आयोजनाको पुनरावलोकन गर्ने घोषणा समेत अर्थमन्त्रीले गर्नुभएको छ ।
सवारी प्रदुषण कम गर्न काठमाडौं उपत्यकामा साझा यातायतालाई थप १ सय वटा विद्युतिय बस उपलब्ध गराइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी पीडितहरुलाई वितरण गरिने बताउनुभएको छ । यसका लागि चक्रीय कोष स्थापना गरिने बताउँदै उहाँले बिउपुँजीको व्यवस्था सरकारले गरेको बताउनुभयो । आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै उहाँले समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीहरुको सम्पत्ति र राहदानीसमेत रोक्का राखिने बताउनुभयो ।