आगामी आर्थिक वर्षबाट वृद्धभत्ता पाउने उमेर ७० वर्ष हुने

जेष्ठ १५, २०८२ | काठमाडौं
सरकारले आर्थिक सुधार सुझाव आयोगको सुझावअनुसार वृद्धभत्ता पाउने उमेर ७० वर्ष पु¥याएको छ ।
आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गर्दै सरकारले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पु¥याएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभयो । यसैबीच, सरकारले वन तथा वातावरण मन्त्रालयको लागि १८ अर्ब ६१ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वन पैदावरलाई राष्ट्रिय स्रोतको रुपमा सदुपयोग गर्ने बताउँदै जडीबुटी उत्पादन, संकलन, प्रयोगशाला प्रमाणीकरण र बजारीकरणको लागि २० करोड विनियोजन गर्नुभएको छ । सरकारले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा आगामी मंसिर १ गतेदेखि लागु हुने गरी रोक लगाएको छ ।