काठमाडौंमा सार्वजनिक यातायात व्यवसायीको विरोध प्रदर्शन

जेष्ठ १८, २०८२ | काठमाडौं

सार्वजनिक यातायात व्यवसायीले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

 गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि देशव्यापी आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आज दिउँसो माइतीघर बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । 

दुई पांग्रे र चार पांग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिँदा आफूहरुको लगानी संकटमा परेको भन्दै शुक्रबार गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका व्यवसायीहरुले आज काठमाडौंमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण माइतीघर क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । 


प्रतिक्रिया