लोकतान्त्रिक मर्मविरुद्ध सरकारले पत्रकारलाई पक्राउ पुर्जी जारी गर्योः माओवादी केन्द्र

जेष्ठ २९, २०८२ | काठमाडौं

सरकारले लोकतान्त्रिक मर्मविरुद्ध पत्रकारलाई पक्राउ पुर्जी जारी गरेको टिप्पणी प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले गरेको छ । 

सो पार्टीका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै सरकारको कदम प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य मान्यता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावनाविपरीत भएको बताउनुभएको हो । 

समाचार सामग्रीमा त्रुटि, पूर्वाग्रह वा तथ्यगत कमजोरी देखिए समाधानका लागि प्रेस काउन्सिललगायतका नियामक निकायमार्फत् खण्डन गर्ने वा प्रतिवाद गर्ने विधि स्थापित भएको भन्दै माओवादीले सरकारी निकायको कदमप्रति आपत्ति जनाएको हो ।    


प्रतिक्रिया