गृहमन्त्री लेखकले नैतिकता प्रदर्शन नगरेको वर्षमान पुनको टिप्पणी

असार १, २०८२ | काठमाडौं
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसामार्फत भएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकता प्रदर्शन नगरेको टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव पुनले नैतिकता प्रदर्शन व्यक्तिको निजी सवाल भएको बताउनुभयो ।
आफूहरुको मागअनुसार सरकारका तर्फबाट भिजिट भिसाका नाममा भएको अनियमितता रोक्ने र दोषीहरुमाथि छानबिन गर्ने प्रतिबद्धता आएपछि संसदको अवरोध हटाउन तयार भएको उहाँको भनाइ थियो । पुनले गृहमन्त्री लेखक समितिको छानबिन दायराभित्रै रहने समेत बताउनुभयो ।