बेलायतद्वारा इजरायल यात्रामा प्रतिबन्ध

असार १, २०८२ | काठमाडौं

बेलायतले इजरायलको यात्रामा आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको छ । 

 इजरायल र इरानले एकअर्का विरुद्ध सैन्य गतिविधि वृद्धि गरेसँगै बेलायतको विदेश तथा विकास कार्यालयले इजरायलको सबै यात्रामा प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  यदि कसैले सो आग्रह पालना नगरे यात्रा बीमा अमान्य हुने बेलायत सरकारले चेतावनी दिएको छ । 

पछिल्लो केही दिन यता इजरायली हवाई क्षेत्र बन्द छन् । हालैका दिनहरुमा दुवै देशहरूले क्षेप्यास्त्र प्रहार जारी राखेका छन् । इजरायल र इरानबीचको द्धन्द्धले परिस्थिति अझ बिग्रने सक्ने सो कार्यालयले जनाएको छ । 


प्रतिक्रिया