राष्ट्रपति पौडेलद्वारा नवकन्याहरुको पूजा

रेडियो कान्तिपुर संवाददाता

आश्विन १५, २०८२ | काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँको नवौँ दिन आज नवकन्याहरुको पूजा गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेलले महानवमीको अवसरमा नवकन्याहरुको पूजा गर्नु भएको हो । राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गर्नु भएको थियो । 

राष्ट्रपतिको सचिवालयका अनुसार बालमन्दिर नक्सालमा रहेका नवकन्याको पूजा गरिएको हो । दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन रहेको छ । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा ९ रूपको पूजा गर्ने गरिन्छ ।


प्रतिक्रिया