निर्वाचनबाटै मुलुकलाई संवैधानिक बाटोमा फर्काउन सकिन्छ : देउवा

आश्विन २८, २०८२ | काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनका माध्यमबाट मात्रै मुलुकलाई पूर्ण संवैधानिक बाटोमा फर्काउन सकिने बताउनुभएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा लिखित मन्तव्य राख्दै देउवाले सरकारलाई तोकिएको मितिमा हुने निर्वाचन सुरक्षित र भयरहित वातावरण बनाउन पनि आग्रह गर्नुभएको छ।
नेपाली कांग्रेसले आफूलाई एकताबद्ध, सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान् अन्य राजनीतिक दलहरुसँगसमेत संवाद र सहकार्य गर्नु आवश्यक देउवाको भनाइ थियो ।
उहाँले जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक र अलोकतान्त्रिक तवरले विघटन गरिएको टिप्पणी समेत गर्नुभएको छ । मुलुकमा संकट आएका बेला निकास दिन नेपाली कांग्रेसले सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढ्नुपर्ने देउवाको भनाइ छ ।