गृहमन्त्री अर्याल र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट

आश्विन २८, २०८२ | काठमाडौं
गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि चीनियाँ राजदूत छन् सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । गृहमन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले ‘एक चीन नीति’ प्रति नेपालको दृढ र अविचलित प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले नेपालले चीनको सार्वभौमिकता, एकता र भौगोलिक अखण्डतामाथि आघात पुग्ने कुनै पनि गतिविधि आफ्नो भूमिमा गर्न नदिने उल्लेख गर्नुभयो ।
मन्त्री अर्यालले पञ्चशीलका पाँच सिद्धान्तहरू र ७० वर्ष लामो कूटनीतिक सम्बन्धमा आधारित आपसी मित्रता र विश्वासको सम्बन्धको प्रशंसा गर्दै व्यापार, लगानी, पूर्वाधार, ऊर्जा, कृषि, प्रविधि स्थानान्तरण र पर्यटन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।