जेनजीको माग सम्बोधन गर्न सरकार प्रतिवद्द छः मन्त्री खरेल

आश्विन ३०, २०८२ | काठमाडौं

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी पुस्ताका माग सम्बोधन गर्न सरकार प्रतिवद्द रहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले भ्रष्टाचार अन्त्य, सुशासन जस्ता जेनजी पुस्ताको माग पूरा गर्न सरकार क्रियाशिल रहेको बताउनुभएको हो । भ्रष्टाचारविरुद्धको अभियानमा युवाले दिएको सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएको उहाँले बताउनुभयो ।

मन्त्री खरेलले आफ्नो कार्यकालमा उल्लेखनीय काम गर्न नसकेपनि नियतपूर्वक कुनै गलत काम नगर्ने दाबी गर्नुभयो ।


प्रतिक्रिया