११ देशबाट राजदूत फिर्ता गर्ने सरकारको निर्णय

आश्विन ३०, २०८२

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले नियुक्त गरेको ११ देशबाट राजदूत फिर्ता गर्ने निर्णय सरकारले गरेको छ ।

मन्त्रिपरिषदको आजको बैठकको निर्णयबारे जानकारी दिँदै संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले सो जानकारी दिनुभएको हो । 

मन्त्री खरेलका अनुसार चीन, जर्मनी, इजरायल, कतार, मलेसिया, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय भएको हो । 

फिर्ता बोलाइएकामा चीनमा कृष्णप्रसाद ओली, जर्मनीमा शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसिया नेत्रप्रसाद तिमिल्सिना, कतार रमेशचन्द्र पौडेल, रुस जंगबहादुर चौहान, साउदी अरब नरेशविक्रम ढकाल, स्पेन सनिल नेपाल, बेलायत चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी र जापान दुर्गाबहादुर सुवेदी छन् ।  

उनीहरुलाई कात्तिक २० भित्र फर्किसक्न समेत निर्देशन दिने निर्णय भएको मन्त्री खरेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया