बुटवलमा कृषि मेला हुँदै 

पुस २६, २०७५ |  बुटवल

- कृषिको उत्पादन वृद्धि, व्यवसायीकरण ,बजारीकरण र कृषिमा आधारित उद्योग तथा व्यवसायलाई महत्व दिने  उद्देश्यले  बुटवलमा कृषि मेला आयोजना हुने भएको छ । उद्योग वाणिज्य संघ बुटवलले माघ २१ देखि २६ गतेसम्म मेला आयोजना गर्न लागेको हो ।

मेलामा कृषि उत्पादन, कृषक समुह र प्रविधिलाई सहभागी बनाइने संयोजक खिम बहादुर हमालले बताउनुभयो । मेलामा कृषि उपजको प्रद्धर्शन, प्रतियोगिता, किसान समूहबीच कृषिको व्यवसायीकरण र प्रवद्र्धन तथा लगानीबारे दैनिक अन्तरक्रिया र छलफल पनि गरिने छ ।

मेलामा दुग्ध, मत्स्य,पुष्प,पोल्टी,पशु ,कृषि प्रविधि, कृषि सुचना लगायतका करिब १ सय ५० स्टलहरु राख्ने लक्ष्य छ । मेलामा प्रवद्धकका रुपमा प्रदेशको कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालय र बुटवल उपमहानगरपालिकाले सहयोग गर्नेछन् । 


प्रतिक्रिया