अन्तिम दिन पनि ओरालो लाग्यो नेप्से

कार्तिक २१, २०७६ | काठमाडौं

शेयर कारोबार हुने साताको अन्तिम दिनपनि धितोपत्र बजारमा गिरावट आएको छ । तर, कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । बजार परिसूचक नेप्से आज ६ दशमलव ५ अंकले घटेर १ हजार १ सय ३१ दशमलव ९७ बिन्दुमा पुगेको छ ।

नेप्सेमा आज अघिल्लो दिनको तुलनामा कारोबार रकममा १७ करोड रुपैयाँले वृद्धि भएको छ । नेप्सेमा हिजो २० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका व्यापार, निर्जीवन बीमा र म्यूचफण्ड बाहेक बाँकी कम्पनी समूहको उपसूचकमा उपसूचकमा गिरावट आउँदा समग्र बजार नै प्रभावित बन्यो । सबै भन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ४० दशमलव १२ अंकले घटेको छ ।  

नेप्सेमा आज कुल १ सय ६३ कम्पनीका ५ हजार ४८ कारोबारबाट १२ लाख ९६ हजार ८ सय ७७ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ३७ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 
 


प्रतिक्रिया