वीरगंजका २ भन्सारले ११ अर्ब बढी राजश्व संकलन गरे

कार्तिक २, २०७३ | पर्सा
वीरगञ्जस्थित मुलुककै २ ठूला भन्सार कार्यालयले असोज महिनामा मात्रै ११ अर्ब रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेका छन् । वीरगञ्ज र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले सो परिमाणमा राजश्व संकलन गरेका हुन् ।
वीरगञ्ज भन्सार कार्यालय एक्लैले असोजमा ९ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । सो अवधीमा ८ अर्ब ५८ करोड रुपैयाँ राजश्व असूलीको लक्ष्य यो भन्सारले पाएको थियो । संकलित राजश्व लक्ष्य भन्दा करिब ११ प्रतिशतले बढी रहेको भन्सार प्रमुख सेवन्तक पोखरेल बताउनुभयो ।
यस्तै, सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले पनि लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । भन्सार प्रमुख सूर्य सेडाइँका अनुसार, असोज महिनामा यो भन्सारले १ अर्ब ६५ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा १ अर्ब ८३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।