खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

कार्तिक १५, २०७७ | भक्तपुर

खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा भक्तपुरको सूर्यविनायकमा एक जनाको मृत्यु भएको छ । शनिबार सूर्यविनायक नगरपालिका–८, दार्जिलिङ हाईटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा स्थानीय ५० वर्षीय कृष्णराम सुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सडकबाट भिरालो बाटोमा गुडाएर ल्याउँदा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताउनुभयो । 

ट्याक्टरको फाली (जोत्ने भाग) ले सुवालको घाँटी लगायतको भागमा गम्भीर चोट लागेको थियो । दुर्घटनामा घाइते भएका सुवालको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको डीएसपी गिरीले जानकारी दिनुभयो । 


प्रतिक्रिया