‘द बेस्ट फिफा’ अवार्डको मनोनयन सार्वजनिक

मंसिर ७, २०७८

फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाले हरेक वर्ष प्रदान गर्ने वर्ष खेलाडी ‘द बेस्ट फिफा’ अवार्डका लागि विभिन्न ६ विधाको मनोनयन सार्वजनिक भएको छ । फिफाले हिजो सार्वजनिक गरेको मनोनयमा पुरुषतर्फ गतवर्षको विजेता पोलिस रोबर्ट लेवान्डोस्कीसहित ११ जना छन् ।

मनोनयनमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनेल मेस्सी, फ्रान्सका करिम बेन्जिमा, बेल्जियमका केभिन डी ब्रुयना, नर्वेका एर्लिङ हालाण्ड, इटालीका जर्गिन्हो, फ्रान्सका एङ्गोलो कान्टे, फ्रान्सका केलियन एमबाप्पे, ब्रजिलका नेयमार र इजिप्टका मोहम्मद सलाह छन् । फ्रान्सका ३ खेलाडी पुरुषतर्फको मनोनयमा अटाएका छन् ।

महिलातर्फ १३ खेलाडी मनोनयनमा परेका छन् । महिला प्रशिक्षकतर्फ ५ जना र पुरुष प्रशिक्षकतर्फ ७ जना मनोनयनमा परेका छन् । महिला र पुरुष प्रशिक्षकतर्फ समान ५ जना मनोनयनमा परेका छन् ।त्यस्तै गोलरक्षकतर्फ पनि महिला र पुरुष दुबैमा ५–५ जना मनोनयनमा परेका छन् ।

विजेताको नाम जनवरी १७ मा घोषणा हुनेछ । फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ । भोटिङको समय १० डिसेम्बरसम्म छ ।


प्रतिक्रिया