आर्चरीमा तीन खेलाडी छनौट

भाद्र १५, २०७९
आगामी असोज २८ गतेदेखि कात्तिक ३ गते सम्म गण्डकी प्रदेशमा संचालन हुने नवौं राष्ट्रिय खेलकुँद प्रतियोगिताका लागि बागलुङबाट ३ जना खेलाडी छनौट भएका छन् ।
आर्चरी प्रतियोगिताका लागि खड्गबहादुर घर्ती, दुर्गाबहादुर घर्ती र कृष्ण भण्डारी छनौट भएका हुन् । २१ वटा खेलमा बागलुङका खेलाडीले भाग लिंदैछन् । त्यसका लागि ३ सय ४८ खेलाडी पोखरा गएका छन् ।
भलिबल, ह्याण्डबल, क्रिकेट, बास्केटबल, फुटबल, व्याडमिन्टन, बुद्धिचाल र सुटिङका बागलुङका खेलाडीले भाग लिनेछन् । साथै मार्सल आर्टका सबै बिधामा जिल्लाका खेलाडी सहभागी खेलकुद विकास समितिले जनाएको छ ।