काभा महिला भलिबलमा नेपालले आज बंगलादेशसँग खेल्ने

जेष्ठ ९, २०८० | काठमाडौं

सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्ड हलमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । 

नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा नेपालले हिजो किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो ।

यसअघि, आजै बिहान १० बजे हुने खेलमा भारतले किर्गिस्तानको सामना गर्नेछ । भारत लगातार दोस्रो जित निकाल्ने योजनामा हुँदा, किर्गिस्तान पहिलो जितको खोजीमा हुनेछ ।

यस्तै, मध्यान्हृ साढे १२ बजे हुने अर्को खेलमा श्रीलंका र काजकिस्ताबीच प्रतिस्पर्धा हुनेछ । दुवै टीम पहिलो जितको खोजीमा हुनेछन् ।आजै साँझ साढे ६ बजे हुने अर्को खेलमा उज्वेकिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । उज्वेकिस्तान लगातार दास्रो जितको खोजीमा हुँदा, माल्दिभ्स पहिलो जितको खोजीमा हुनेछ । ८ टोली सहभागी प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुनेछ । 


प्रतिक्रिया