चेन्नई आइपिएल क्रिकेको फाइनलमा प्रवेश

जेष्ठ १०, २०८० | काठमाडौं

चेन्नई सुपर किंग्स १० औं पटक इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । चेन्नईले घरेलु मैदानमा भएको पहिलो क्वालिफायर खेलमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हरायो । १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित ओभरमा अलआउट हुँदै १ सय ५७ रनमा समेटियो ।

गुजरातका शुभमन गिलले सर्वाधिक ४२ रन जोडे । यस बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । चेन्नईका रविन्द्र जडेजा, महेश थिक्सेना, मथिशा पाथिराना र दीपक चाहरले समान २/२ विकेट लिए । तुषार देशपान्डेले १ विकेट हात पारे । यसअघि गुजरातले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । 

चेन्नईका ओपनर ऋतुराज गायकवाडले सर्वाधिक ६० रन जोडे । गुजरातका मोहित शर्मा र मोहम्मद शामीले समान २/२ विकेट लिए । नुर अहमद, राशिद खान र दर्शन नालकंडेले समान एक/एक विकेट लिए । आईपीएल क्रिकेटको एलिमनिटेर खेलमा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । 

सो खेलको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा गुजरातसँग शुक्रबार खेल्नेछ । आइपिएल क्रिकेटको फाइनल खेल आगामी आइतबार हुनेछ ।


प्रतिक्रिया