काभा महिला भलिबलमा नेपालले आज भारतविरुद्ध खेल्दै

जेष्ठ १०, २०८० | काठमाडौं

सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समुह चरण अन्तिम खेलमा नेपालले आज भारतको सामना गर्दैछ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्ड हलमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । समुह ए मा रहेका दुवै टोली एक/एक खेल अगावै सेमिफाइनल प्रवेश गरिसकेका छन् । समुह चरणका खेलमा नेपाल र भारत दुवैले किर्गिस्तानर र बंगलादेशलाई हराएको थियो । आजको खेलले समुह विजेताको टुङ्गो लाग्ने छ । 

च्याम्पियनसिप अन्तर्गत आजै हुने अन्य खेलमा उज्वेकिस्तान र काजकिस्तान, किर्गिस्तान र बंगलादेश तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया