मुम्बाई आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा

जेष्ठ ११, २०८० | काठमाडौं

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको एलिमिनेटर खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेसँगै मुम्बाई इण्डियन्सले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । गएराति भएको खेलमा मुम्बाईले लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हरायो ।

१ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउले १६ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय १ रनमा समेटियो । लखनउका मार्कस स्टोयनिसले सर्वाधिक ४० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो स्कोर जोड्न सकेनन् ।

मुम्बईका आकाश मधवालले सर्वाधिक ५ विकेट लिए । क्रिस जोर्डन र पीयुष चावलाले समान १/१ विकेट आत पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । मुम्बईका लागि क्यामरन ग्रीनले ४१ रन जोडे ।

लखनउका नविन उल हकले ४, यश ठाकुरले ३ तथा मोहसिन खानले एक विकेट हात पारे । मुम्बईले अब दोस्रो क्वालिफायरमा गुजरात टाईटन्ससँग भोली खेल्ने छ । सो खेलको विजेताले उपाधिका लागि चेन्नाई सुपर किंग्ससँग खेल्ने छ । फाइनल खेल आगामी आईतबार हुनेछ । 


प्रतिक्रिया