ब्राइटनले युरोपा लिगको छनोटमा स्थान बनायो

जेष्ठ ११, २०८० | काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा म्यान्चेष्टर सिटीसँग बराबरी खेलेपछि ब्राइटनले युरोपा लिगको छनोट पक्का गरेको छ । ब्राइटनले गएराति घरेलु मैदानमा म्यान सिटीसँग एक/एक गोलको बराबरी खेलेसँगै तालिकाको छैठौं स्थान पक्का गर्दै युरोपा लिगमा स्थान पक्का गरेको हो ।

लिग च्याम्पियन म्यान सिटीले अग्रता लिएको खेलमा ब्राइटनले बराबरी गोल फर्कायो । म्यान सिटीका लागि खेलको २५ औं मिनेटमा फिल फोडेनले गोल गरेपनि ब्राइटनका जुलियो एन्सिसोले ३८ औं मिनेटमा बराबरी गोल फर्काए । यो सँगै उपाधि उचालिसकेको म्यान सिटीको ८९ अंक भएको छ । ब्राइटन ६२ अंकसहित छैंटौं स्थानमा छ ।

 अब मे २८ मा हुने लिगको अन्तिम खेलमा म्यान सिटीले ब्रेनफोर्डसँग खेल्दा, एस्टनभिल्लाले ब्राइटनको सामना गर्नेछ । 


प्रतिक्रिया