ए लिगमा आज रेलिगेशनको फ्रेन्ड्सले सातदोबाटोसँग खेल्ने

जेष्ठ ११, २०८० | काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज रेलिगेशन जोनमा रहेको फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

पुछारबाट दोस्रो स्थानमा रहेको फ्रेन्ड्स आज छैंटौं जितको खोजीमा हुनेछ । चौंथो स्थानमा रहेको सातदोबाटो आज नवौं जित निकाल्न चाहन्छ । उसको २९ अंक छ । यता, च्यासल स्टेडियममा दिउँसो ३ बजे नै हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लबले शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

११ औं स्थानमा रहेको मनाङ छैटौं जितको योजनामा हुनेछ । उसको २४ अंक छ । ३७ अंकसहित शीर्ष स्थानमा रहेको चर्च ब्वाइज आज ११ औं जितको खोजीमा हुनेछ । उ दोस्रो स्थानको मच्छिन्द्र फुटबल क्लब भन्दा २ अंकले अघि छ । मच्छिन्द्रको ३५ अंक छ ।


प्रतिक्रिया