म्यान युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनायो

जेष्ठ १२, २०८० | काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले चेल्सीमाथि सहज जित निकालेको छ । ओल्ड ट्राफोल्डमा भएको खेलमा म्यान युनाइटेडले चेल्सीलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । जितसंगै म्यान युनाइटेडले च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेको छ । कासिमिरोले खेलको छैठौं मिनेटमा गोल गर्दै म्यान युनाइटेडलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एन्थोनी मार्सलले गोल गर्दै म्यान युनाइडेटको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा २–० ले अघि रहेको म्यान युनाइडेटका लागि दोस्रो हाफको ७३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टी मार्फत तेस्रो गोल थपे । १० खेलाडीमा सिमित चेल्सीलाई दबाबमा राख्दै ७८ औं मिनेटमा मार्कस रासफोर्डले एक गोल थप्दै म्यान युनाइटेडलाई ४–० अवस्थामा पुर्‍याएका थिए । ८९ औं मिनेटमा चेल्सीका जोआओ फेलिक्सले सान्त्वना एक गोल गरेपछि म्यान युनाइटेड ४–१ ले विजयी भयो ।

जितसँगै म्यान युनाइटेड तेश्रो स्थानमा उक्लिएको छ । ३७ खेलबाट ७२ अंक जोडेको उ दोश्रो स्थानको आर्सनल भन्दा ९ अंकले पछि छ । म्यान युनाइटेडले अब लिगको अन्तिम खेल पर्सी आइतबार फुलहृयामसँग खेल्नेछ । १२ औं स्थानको चेल्सीको ४३ अंक छ । चेल्सीले अन्तिम खेलमा न्यूकासलसँग प्रतिस्पर्धा गर्नेछ । म्यानचेष्टर सिटिले जारी सिजनको इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितिसकेको छ । 


प्रतिक्रिया