रेलिगेशनको खुमलटारले पुलिससँग भिड्दै

जेष्ठ १२, २०८० | काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज रेलिगेशन जोनमा रहेको खुमलटार युथ क्लबले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । पुछारमा रहेको खुमलटार आज सातौं जितको खोजीमा हुनेछ । उसको २१ अंक छ । यता, २५ अंकसहित १० औं स्थानमा रहेको पुलिस आठौं जित निकाल्न चाहन्छ ।

यस्तै, दशरथ रंगशालामा आजै साँझ ६ बजे हुने अर्को खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लब भिड्ने छन् । दुवै टोली सातौं जितको खोजीमा हुनेछन् । २६ अंक जोडेको थ्री स्टार छैंठौं स्थानमा छ । यता समान अंक रहेको हिमालयन शेर्पा आठौं स्थानमा छ । 


प्रतिक्रिया