काभा भलिबलमा सेमिफाइनलका खेल आज

जेष्ठ १२, २०८० | काठमाडौं

सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला भलिबल कपको सेमिफाइनलमा नेपालले आज काजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा खेल साँझ ५ बजे सुरु हुनेछ ।

नेपाल लगातार तेस्रोपटक उपाधि जितेर हृयाट्रिक गर्ने योजनामा छ । नेपाल समुह ए को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने काजकिस्तान समुह बी को विजेता हो । समुह चरणका खेलमा घरेलु टोलीले किर्गिस्तान र बंगलादेशलाई हराउँदा इण्डियासँग हार व्यहोरेको थियो । काजकिस्तानले भने समुह चरणका खेलमा उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्सलाई हराएको थियो ।

त्यसअघि, राखेप कभर्ड हलमा दिउँसो साढे २ बजे हुने पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । इण्डिया समुह ए को विजेता हो भने, उज्वेकिस्तान समुह बी को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।


प्रतिक्रिया