काभा पुरुष भलिबल नेसन्स लिगका राष्ट्रिय टोलीको घोषणा

जेष्ठ २०, २०८० | काठमाडौं

सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको घोषणा गरिएको छ । प्रशिक्षक जगदिश भट्ट र सहायक प्रशिक्षक भरत यादवले प्रशिक्षणमा रहेका १८ खेलाडी मध्येबाट अन्तिम १२ सदस्यीय टोली घोषणा गरेको नेपाल भलिबल संघले जनाएको छ । 

गत बैशाखमा खुल्ला छनोटबाट संघले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो । काभा पुरुष भलिबल नेसन्स लिग आगामी असार ३ देखि १० गतेसम्म किर्गिस्तानमा आयोजना हुँदैछ । नेपालसहित आयोजक किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान गरि ७ टोली सहभागि हुने लिग सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । 

यस्तै, राष्ट्रिय पुरुष भलिबल टोलीले चीनको होङझावमा आगामी सेप्टेम्बरमा आयोजान हुने १९औं एसियाली खेलकुदमा पनि सहभागीता जनाउँदै छ ।


प्रतिक्रिया