सद्भावले अमेरिकामा दुई प्रतियोगिता खेल्दै

असार २०, २०८१ | काठमाडौं

नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य अमेरिकामा आयोजना हुने दुई प्रतियोगितामा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गदैछन् ।

आगामी अगस्ट १२ देखि १८ तारिखसम्म हुने १ सय २४ औँ संस्करणको युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको क्वालिफाइङ प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

१८ वर्षीय सद्भावले युनाईटेड स्टेट्स गल्फ संघबाट दोस्रो तथा फाइनल राउन्डको छनोट प्रतियोगिताको लागि विशेष निमन्त्रणा पाएका हुन् । योसँगै सद्भाव युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम छनोट प्रतियोगिता खेल्ने पहिलो नेपाली गल्फर समेत बन्ने छन् ।

यस्तै, उनले अगस्ट २९ देखि सेप्टेम्बर १ सम्म फ्लोरिडामा आयोजना हुने जुनियर प्लेयर्स च्याम्पियनसिप २०२४ मा सहभागिता जनाउने छन् । अमेरिकन जुनियर गल्फ संघले सद्भावलाई च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न निमन्त्रणा पठाएको नेपाल गल्फ संघले जनाएको छ । 

यी दुवै प्रतियोगिता अघि उनले अमेरिकामा विशेष प्रशिक्षण गर्नेछन् । 

यसैबीच, राष्ट्रिय खेलकुद् परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आज एक कार्यक्रमकाबीच सद्भावलाई विदाई गरेको छ । 


प्रतिक्रिया