थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली महिला फुटबल टोलीको घोषणा

जेष्ठ ९, २०८२ | काठमाडौं
थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आज गोलकिपर अञ्जिला तुमबापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । प्रशिक्षक तामाङले गत फागुनमा घरेलु मैदानमा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको टोलीलाई निरन्तरता दिएका छन् ।
नेपालले मे ३० र जुन २ मा घरेलु टोली थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले एएफसी महिला एसिया कप छनोटको तयारीस्वरुप थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटको पहिलो चरण मे ४ बाट सुरु हुँदैछ । समूह ‘एफ’ मा नेपाल, लाओस, श्रीलंका र उज्वेकिस्तान छन् ।