न्यु डायमण्ड स्पोर्टस क्लबको विजयी सुरुवात

जेष्ठ ९, २०८२ | काठमाडौं

टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले नवौं पिएम कप एनभिए लिगमा महिलातर्फ विजयी सुरुवात गरेको छ । पोखराको कभर्ड हलमा बिहान भएको खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई ३–० सोझो सेटमा हरायो ।

कर्णालीमाथि न्यु डायमण्डले २५–१३, २५–१० र २५–१० को जित निकाल्यो । यस्तै अर्को खेलमा नेपाल पुलिसले एभरेष्ट भलिवल क्लवलाई ३–० कै सोझो सेटमा पराजित गरेको छ । पुलिसले २५–१९, २५–१८ र २५–१८ को सेटमा सहज जित निकालेको हो ।

यस्तै पुरूषतर्फ आज पनि ४ खेल हुने छन् । नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ । 

सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् । दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । 

सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया