लिग–टू क्रिकेटः नेदरल्याण्ड्सलाई नेपालद्वारा २ सय ३७ रनको लक्ष्य

जेष्ठ २७, २०८२ | काठमाडौं

विश्वकप क्रिकेट लिग–टू अन्तर्गत जारी श्रृङंखलाको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्स्लाई २ सय ३७ रनको लक्ष्य पेश गरेको छ । 

स्कटल्याण्डको फोर्थहिलमा जारी खेलमा नेपाल टस हारेर ब्याटिङ सुरु गरेको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २ सय ३६ रन बनाएको हो  ।  नेपालका लागि मध्यक्रमका ब्याटर आरिफ शेखले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले । ८५ बलको सामना गरेका उनले ७ चौका र २ छक्काको मद्दतमा सो रन बनाएका हुन् ।

 त्यसअघि नेपालका लागि ओपनीङ गरेका कुशल भूर्तेलले १८ रन बनाउँदा तेस्रो नम्बरमा ब्याटिङका लागि मैदान प्रवेश गरेका भिम सार्की र चौथो नम्बरमा मैदान पुगेका कप्तान रोहितकुमार पौडेलले समान ३५ रन बनाएर आउट भए । 

 आजको खेलमा नेपाली टोलीमा तीनजना परिवर्तन गरिएको छ । नियमित रुपमा खेल्दै आएका आशिफ शेख, सोमपाल कामी र गुलशन झा टोलीमा छैनन् । उनीहरुको स्थानमा अनिल शाह, बसिर अहमद र नन्दन यादवले मौका पाएका छन् । योसँगै नन्दन यादवले अन्तर्राष्ट्रिय क्रिकेटमा समेत डेब्यु गरेका छन् ।

जारी सिरिजमा नेपालले पहिलो दुई खेलमा स्कटल्याण्डलाई १ र नेदरल्यान्ड्स्लाई ५ विकेटले पराजित गरेको थियो । स्कटल्याण्डसँगको दोस्रो खेलमा भने नेपाल २ रनले पराजित भएको थियो । 


प्रतिक्रिया