फिफा महिला वरियतामा नेपाल एक स्थान तल झर्यो

जेष्ठ २९, २०८२ | काठमाडौं

फिफा वरियता नेपाली महिला फुटबल टोली एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ स्थान तल झरेर एक सयौं स्थानमा पुगेको हो । नेपाल यसअघि ९९औं स्थानमा थियो । नेपालले गत फेब्रुअरीमा घरेलु मैदानमा चारदेशीय फुटबल प्रतियोगिता खेलेको थियो जहाँ लेबनान र कीर्गिस्तानलाई हराउँदा म्यानमारसँग एक खेल बराबरी गरेको थियो भने फाइनलमा म्यानमारसँग पराजित भएको थियो । त्यसपछि चार स्थान सुधार गर्दै ९९औं स्थानमा पुगेको नेपाल फेरि एक स्थान खस्किएको हो । त्यसपछि नेपालले थाइल्याण्डसँग २ मैत्रीपूर्ण खेल खेल्दा पराजित भएको थियो । फिफा वरियताको शीर्ष स्थानमा अमेरिका यथावत् रहँदा स्पेन दोस्रो, जर्मनी तेस्रो स्थानमा यथावत छ । पुरुषतर्फको वरियतामा भने नेपाल १ सय ७५औं स्थानमा छ ।


प्रतिक्रिया