एएफसी यू–२३ एसियन कपः नेपाल र ताजिकिस्तान भिड्दै

भाद्र १८, २०८२ | काठमाडौं
ताजिकिस्तानमा आजदेखि सुरु हुने एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानसँग खेल्दै छ ।
दुशान्बेस्थित पामिर स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने १० बजेदेखि सुरु हुनेछ । नेपाल रहेको समूह ‘के’ मा ताजिकिस्तान, फिलिपिन्स र सिरिया छन् ।
तुलनात्मक रुपमा तीनवटै टोली नेपालभन्दा बलिया छन् । नेपाली टोलीका प्रशिक्षक नवीन न्यौपानेले सुरुवातदेखि नै जित निकाल्दै ३ अंक हासिल गर्ने लक्ष्य भएको बताएका छन् । नेपालले दोस्रो खेल भदौ २१ गते सिरिया र भदौ २४ गते फिलिपिन्ससँग खेल्ने तालिका छ ।