टाइगर कप भलिबल च्याम्पियनसिप : महिलातर्फ न्यू डायमण्ड फाइनलमा

रेडियो कान्तिपुर संवाददाता

माघ १३, २०८२ | काठमाडौं

न्यू डायमण्ड युथ स्पोर्टस क्लब पोखरामा आयोजित छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपमा महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आजको दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यु डायमण्ड फाइनलमा पुगेको हो । 

तीन खेल जितेर शीर्ष स्थानमा पुगेको न्यु डायमण्डको ९ अंक छ । अब एपीएफ, थाइल्याण्ड क्विन्स र पुलिसमध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछन् । यसअघि आजको पहिलो खेलमा थाइल्याण्ड क्विन्सले त्रिभुवन आर्मी क्लबमाथि जित हात पारेको थियो ।

 थाइल्याण्डले आर्मीलाई ३–० को सोझो सेटमा हराएको हो । यसैबीच, पुरुषतर्फ गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । गण्डकीले पुलिसलाई २५–२२, २५–२०, २५–१४ ले खेल हराएको हो । त्यस्तै, पर्वत जिल्ला भलिबल संघले लगातार तेस्रो जित हात पारेको छ । उसले माल्दिभ्स भलिबल एसोसियसनलार्इ ३–० को सोझो सेटमा पराजित गरेको हो । 


प्रतिक्रिया