राष्ट्रिय लिग फुटबलमा एपीएफको लगातार चौथो जित

रेडियो कान्तिपुर संवाददाता

माघ १४, २०८२ | काठमाडौं

एपीएफले राष्ट्रिय लिग फुटबलमा लगातार चौथो जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको आजको पहिलो खेलमा एपीएफले जावलाखेल युथ क्लवलाई २–१ हराएको हो ।

 २० औं मिनेटमा जावलाखेलले अग्रता लिएपनि एपीएफका समिराज थोकरले ५८ औं र ८२ औं मिनेटमा गोल गर्दै टोलीलाई जिताएका हुन् । जितपछि एपिएफ १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

 लिगमा जावलाखेलले चार खेलमा तेस्रो हारमा व्यहोरेको छ । आजको दोस्रो खेलमा मच्छिन्द्र क्लबले चित्लाङ एफसीलाई ३–१ गोल अन्तरमा पराजित गरेको छ । मच्छिन्द्रले ६९ मिनेटभित्र तीन गोल गरेकोमा चित्लाङले त्यसको एक मिनेटपछि सान्त्वना गोल फर्काएको थियो । 


प्रतिक्रिया