टाइगर कप भलिबल च्याम्पियनसिप : पुलिस क्लबद्वारा एपिएफलाई पराजित
माघ १४, २०८२ | काठमाडौं
नेपाल पुलिस क्लबले एपिएफलाई पराजित गर्दै छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपमा महिलातर्फको फाइनल पुग्ने सम्भावनालाई कायमै राखेको छ । आजको पहिलो खेलमा पुलिसले एपिएफलाई ३–० को सोझो सेटमा हराएको हो ।
चार खेलबाट ७ अंक जोड्दै पुलिस दोस्रो स्थानमा उक्लिएको छ । तीन खेलबाट ९ अंक जोड्दै न्यु डायमण्ड युथ स्पोर्टस क्लब यसअघि नै फाइनल पुगिसकेको छ। थाइल्याण्ड क्विन्स ३ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा छ । त्रिभुवन आर्मी क्लब ४ खेलबाट जितविहीन रहँदै बाहिरिसकेको छ ।











