राष्ट्रियताको रक्षा गर्नुपर्ने एजेन्डासहित राष्ट्रिय जनमोचाद्वारा चुनावी घोषणापत्र सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

माघ १४, २०८२ | काठमाडौं

गणतन्त्र र राष्ट्रियताको रक्षा गर्नुपर्ने एजेन्डासहित राष्ट्रिय जनमोर्चाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुटवलमा आयोजित कार्यक्रममार्फत् घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय जनमोर्चाले भ्रष्टाचार, पूँजीवाद र लोकप्रियतावादको विरोध गर्दै उद्योग, कृषि, पर्यावरण, पर्यटन विकासबाट देशको भविष्य कोर्ने मुद्दा लिएर चुनावमा जाने बताएको छ । 

घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले वैदेशिक हस्तक्षेप र संघीयता विरोधको मूल मुद्दा लिएर जनतामाझ जाने बताउनुभयो । 

राष्ट्रियता र सार्वभौमिकता नाजुक अवस्थामा पुगेको भन्दै उहाँले विदेशीको इशारामा चल्दा देश संकटमा परेको दाबी गर्नुभयो । राष्ट्रिय जनमोर्चाले फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षतर्फ ४२ जिल्लाका ७७ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । समानुपातिकतर्फ १ सय १० जनालाई उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया