फ्रान्समा शक्तिशाली आँधी, ४ लाख ५० हजार परिवार विद्युत सेवाबाट वञ्चित

फाल्गुन १, २०८२ | काठमाडौं

दक्षिणी फ्रान्समा आएको शक्तिशाली आँधीका कारण करिब ४ लाख ५० हजार घरधुरी विद्युत् सेवाबाट बञ्चित भएका छन् । त्यहाँको विद्युत् वितरण कम्पनीका अनुसार भीषण आँधीपछि व्यापक क्षति हुँदा सो संख्याका घरधुरी विद्युत विहीन भएका हुन् ।

 त्यहाँका सरकारी अधिकारीहरुका अनुसार आँधीका कारण एउटा रुख ढलेर ट्रकमाथि पर्दा एक जना चालकको मृत्यु भएको छ । यसैबीच, छिमेकी देश स्पेनमा मौसमसम्बन्धी विभिन्न घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् भने पोर्चुगलमा बाढीका कारण केहि सडकमा क्षति पुगेको छ । दक्षिणी फ्रान्समा बस्दै आएका धेरै व्यक्तिहरु आँधीबाट प्रभावित भएको समाचारमा जनाइएको छ । 

यसैबीच फ्रान्सको मौसम विभागले दक्षिणी क्षेत्रमा बाढीको उच्च सतर्कता अपनाउन आग्रूह गरेको छ । स्थानीय ग्यारोन नदीमा पानीको बहाव बढेकाले भोलिसम्म बाढीको जोखिम रहेको बताइएको छ । अन्य विभिन्न १९ क्षेत्रमा पनि बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ । मौसमविद्हरुका अनुसार आँधी पूर्वतर्फ सरेको छ । यसअघि जारी गरिएको आँधीको चेतावनी हटाइए पनि केहि पर्वतीय क्षेत्रमा हिमपहिरोको जोखिम रहेको बताइएको छ ।  


प्रतिक्रिया