नटिंघम फरेस्ट युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश
चैत्र ६, २०८२ | काठमाडौं
नटिंघम फरेस्ट युरोपा लिग फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ ।
पेनाल्टीमा मिडत्जल्यान्डलाई पराजित गर्दै नटिंघम फरेस्ट क्वाटर फाइनल प्रवेश गरेको हो ।
यस्तै इस्टन भिल्ला पनि क्वाटरफाइनल प्रवेश गरेको छ ।
यो सँगै प्रतियोगिताको अन्तिम ८ को समीकरण पनि पुरा भएको छ ।
अब सेमिफाइनल प्रवेशका लागि ब्रागले रियल बेटिस, फ्रेबर्गले सेल्टा भिगो, पोर्टोले फरेस्ट तथा बोलोग्नाले एस्टन भिल्लाको सामना गर्नेछन् ।









