नारायणगढ–मुग्लिन सडकमा ट्रक आपमा ठोक्किंदा एकको मृत्यु

भाद्र २९, २०७७ | चितवन

नारायणगढ–मुग्लिन सडकखण्डमा सोमबार बिहान दुई वटा ट्रक आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ना ४ प ८०११ नम्बरको ट्रक चालक बारा परवानीपुरका २८ वर्षीय अजय साहको उपचारको क्रममा मृत्यु भएको हो । 

नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिक खहरे पुलमा बिहान साढे आठ बजे ना ४ प ८०११ र ना ६ ख २४२३ नम्बरको ट्रकका आपसमा ठोक्किएर दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाका अनुसार भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारको क्रममा साहको मृत्यु भएको हो ।

ना ६ ख २४२३ नम्बरको ट्रक चालक दोलखाको जिरी–२ का वर्षीय दाङ्गिमा शेर्पा घाइते भएका छन् । ट्रकमा सवार सिराहाका लालगुलाबी अन्सारी र चितवन इच्छाकामना गाउँपालिका–६ का भावी गुरूङ, बिमा गुरूङ र सुभद्रा गुरूङ घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ । 


प्रतिक्रिया