मुलुकमा पशु चिकित्सकको अभाव खड्किँदैः एक जनाको भागमा ११ हजार बढी पशु चौपायाको जिम्मा

फाल्गुन ३०, २०८० | काठमाडौं

राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालमा ३४ लाख ५ हजार परिवारले २ करोड ३० लाख बढी पशु चौपाय पालन गरेका छन् । तर, पशु चौपायको संख्याको तुलनामा उपचारमा खटिने दक्ष चिकित्सकको सङ्ख्या भने निकै कम छ । दक्ष चिकित्सक नहुँदा उपचार गराउन नसक्दा पशुचौपायमा आश्रित किसानले क्षति व्यहोर्नुपर्ने अवस्था छ भने पशु चिकित्सामा आउन चाहानेको सङ्ख्या बढ्न सकेको छैन । सरकारी तथ्याङ्क अनुसार नेपालमा अहिले एक जना पशु चिकित्सकले झण्डै ११ हजार पशु चौपायको उपचार गर्नुपर्ने अवस्था विद्यमान छ । आखिर यस्तो अवस्था किन सृजना भएको छ त ?

पशु चिकित्सा परिषद्को पछिल्लो तथ्याङ्क अनुसार, नेपालमा दर्ता भएका पशु चिकित्सकको सङ्ख्या जम्मा १ हजार ९ सय ८२ छ । यो तथ्याङ्क हेर्दा देशभरमा गरी ३ हजार १ सय ६२ जनापशु चिकित्सक आवश्यक भएपनि १ हजार १ सय ८० जना अझै अपुग देखिन्छ । हाल नेपालमा ३ वटा विश्वविद्यालय र एक नीजि संस्थाले पशु चिकित्सा विषयमा अध्यापन गराइरहेका छन् ।

 नेपालको सन्दर्भमा पशु चिकित्सकको माग उच्च भएपनि त्यसप्रति आकर्षण बढ्न सकेको छैन । यस्तो हुनुमा सारोकारवाला निकायले पशु चिकित्सकलाई गर्ने व्यवहार पनि कारक भएको सो क्षेत्रका जानकारहरु बताउँछन् । पशु चिकित्सा परिषद्का रजिष्ट्रार एंव प्रवक्ता डा. मनोजकुमार शाहीका अनुसार पशु चिकित्सकलाई छैटौं वा सातौं तहमा सिमित गरि नियुक्त गर्ने परिपार्टीले चिकित्सक अकर्षीत भएका छैनन् । 


सरकारले केहि समयअघि ३ सय ४६ जनापशु चिकित्सकलाई करारमा स्थानीयतहमा पठाएपनि १ सय २० स्थानमा मात्र पदपूर्ती भएको परिषद्को भनाई छ । तोकिएको स्थानमा काम गर्न चिकित्सकहरु तयार नहुनुमा सरकारी नीतिको प्रभाव समेत परेको छ ।अन्य क्षेत्रमा निश्चित योग्यताको अध्ययनपछि पनि रोजगारी नपाइरहेको अवस्थामा पशु चिकित्सकको हकमा भने त्यस्तो समस्या छैन ।

तर, पनि यो पेशामा लाग्नेको सङ्ख्या बढ्न सकेको देखिदैन । किनभने अध्ययनसँगै रोजगारीकालागि विदेशिने प्रवृत्तिले पशु चिकित्साको क्षेत्रलाई पनि गाँजेको छ । अवसर र सम्भावना रहेको यो पेशामा आउन पहिलेको तुलनामा प्रतिस्पर्धा कम हुन थालेको जानकारहरुले बताएका छन् । पशु चिकित्सामा स्नातकोत्तर गरिरहेका गोरखाका आर्शिवाद पोखरेल पशु चिकित्सक बाहिरिने क्रम बढेको बताउँछन् ।


त्रिभुवन विश्वविद्यालयको आङ्गीक क्याम्पस पक्लिहवा, कपिलवस्तु, कृषितथावन विज्ञान विश्वविद्यालयको रामपुर, चितवन, पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट भरतपुर र हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेज एण्ड टेक्नोलोजी काठमाण्डौँले यो विषयमा अध्यापन गराइरहेका छन् । उच्चमाग रहेका पेशामध्य शीर्ष स्थानमा रहेको पशु चिकित्साको क्षेत्रमा पर्याप्त जनशक्ति उत्पाद ननहुँदा समय समयमा फैलिने महामारीजन्य रोगबाट समग्रमा किसानले ठूलो रकम नोक्सानी व्यहोर्नुपर्ने बाध्यता समेत कायमै छ ।

उदाहरणका लागि केहि समय अघि गोरखा, लमुजुङ, तनहुँ र कास्कीमा फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमण र मुलुकभर फैलिएको लम्पी स्कीनको संक्रमणलाई लिन सकिन्छ । यस्ता महामारी नियन्त्रणमा लिनपशु चिकित्सकको भूमीका महत्वपूर्ण हुन्छ । तर, मुुलुकका कैयौं स्थानीय तहमा पशु चिकित्सक नियुक्ती हुन सकेको छैन ।

पशु चिकित्सक अभावमा सामान्य भेटेनरी अध्ययन गरेकाहरुलाई वडा तहमा नियुक्त गरेर समेत कतिपय पालिकाले काम गरिरहेका छन् । पशु चिकित्सक नहुँदा पालिकाले भोगिरहेको समस्याबारे रुकम पश्चिमस्थित आठविसकोट नगरपालिकाकी उप–प्रमुख धनकुमारी शाहीले भनिन्,–“सामान्य पढेकाहरुले अनुभव र प्रशिक्षणको अभावमा उत्कृष्ट काम गर्न सकेका छैनन ।”

यस्तो अवस्थामा चिकित्सा परिषद्ले फागुन २६ गते सञ्चालन गरेको चिकित्स कदर्ता प्रमाणपत्र परिक्षामा सहभागी भएका ५३ जिल्लाका २ सय १२ जनामध्ये ४९ जिल्लाका १ सय ६८ जनाउत्र्तिण भएका छन् । जसलाई केही सुखद मानिएको छ । पशु चिकित्सक पेशामा तुलनात्मक रुपमामहिलाको सहभागीता कम छ, अर्थात् एक चौथाइ पनि हुन नसकेको परिषद्को तथ्याङ्क छ । दर्ता भएका चिकित्सकमध्ये पुरुषको संख्या १५ सय ९ र महिलाको संख्या ४ सय ७३ मात्र छ ।

पशु चिकित्सा पेशामा बागमती प्रदेशबाट ६ सय १५, लुम्बिनी प्रदेशबाट ३ सय ७०, मधेश प्रदेशबाट ३ सय ६०, गण्डकी प्रदेशबाट ३ सय र कर्णाली प्रदेशबाट १ सय ५६ जना चिकित्सक दर्ता भएका छन् । यस्तै कोशी प्रदेशबाट १ सय ५६, सुदूरपश्चिम प्रदेशबाट १ सय ११ र कर्णाली प्रदेशका जम्मा ७० जनादर्ता भएका छन् । पशु चिकित्साको क्षेत्रमा पर्याप्त लगानी गर्न नसक्दागर्दा जनशक्ति उत्पादनमा समस्या भएको परिषद्का प्रवक्ता शाहीको बुझई छ ।


राष्ट्रिय कृषि गणना २०७८ को नतिजा अनुसार नेपालमा ३४ लाख ५ हजार परिवारले पशु चौपाय पालेका छन् । र, पछिल्लो विवरण अनुसार देशभरमा गरी २ करोड ३० लाख बढी पशु चौपाय पालिएको छ । पशु चौपायको तुलनामा चिकित्सकको संख्या यो निकै कम हो । कार्यालयको तथ्याङ्क अनुसार एक जना चिकित्सकले झण्डै ११ हजार ६ सय पशु चौपायको उपचार गर्नुपर्ने बाध्यता छ ।

सरकारी तथ्याङ्क अनुसार डोल्पाबाट अहिले सम्मपशु चिकित्सक उत्पादनहुन सकेको छैन भने तराईका सुगम जिल्लाबाहेक अन्यमा पशु चिकित्सकको संख्या न्यून छ । तर, तुलनात्मक रुपमा पशुपालन कम भएको काठमाडौं, ललितपुर, भक्तपुरमा मात्रै २ सय ९२ जना पशु चिकित्सक परिषद्मा दर्ता भएका छन् । 

 मुलुकमा पशु चिकित्सकको अभाव खड्किँदैः एक जनाको भागमा ११ हजार बढी पशु चौपायाको जिम्मा यो रिपोर्टको अडियो संस्करण सुन्न तलको लिङ्कमा जानुहोस । 

नविन कोइरालाका अन्य लेखहरु पढ्न यहाँ थिच्नुहोस् 


प्रतिक्रिया