नेपालमा विलासिताका सामानको प्रयोग बढ्दै, बदलिँदो जीवनशैली र क्रयशक्ति वृद्धि मुख्य कारण

चैत्र १२, २०८० | काठमाडौं

केन्द्रीय तथ्याङ्क कार्यालयले केही दिन दिनअघि सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार नेपालमा विलाशिताका साधनको प्रयोग बढ्दै गएकोे पाइएको छ । उदाहरणका लागि निजी सवारी साधनको पहुँच, घरमा प्रयोग हुने विद्युतीय उपकरण लगायतलाई लिन सकिन्छ । त्यसमध्ये निजी सवारी साधनको प्रयोग १० वर्षको अवधिमा व्यापक रुपमा बढेको सम्वद्ध अधिकारीहरुले बताएका छन् । बदलिँदो जीवनशैली र क्रयशक्तिमा बृद्धि लगायत कारणले निजी सवारी साधनको सङ्ख्या बढेको छ ।

नेपालमा कायम भएको कुल जनसङ्ख्यामध्ये २ लाख ४ हजार ९ सय ९० परिवारको पहुँचमा निजी सवारी साधन कार, जीप र भ्यान पुगेको छ । अघिल्लो जनगणनाको तुलनामा थप १ लाख १९ हजार ८ सय ५५ परिवारमा निजी सवारी साधन प्रयोग भइरहेको हो । यो सङ्ख्या २०६८ को जनगणनामा ८५ हजार १ सय ३५ मात्र थियो । तुलनात्मक रुपमा हेर्ने हो भने पनि कुल जनसङ्ख्याको ३ दशमलव १ प्रतिशतमा निजी सवारी साधनको सुविधा पुगेको छ । जुन अघिल्लो जनगणनामा जम्मा १ दशमलव ६ प्रतिशतमा सिमित थियो । गणनामा पाइएको तथ्याङ्कले साधन स्रोतमा उल्लेख्ख पहुँच पुुगेको छ । नेपालको जनसङ्ख्या अनुपातमा सामान्य देखिएपनि प्रतिशतमा भने उच्च भएको तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डी लामिछानेले बतउँछन् ।

ढुण्डी लामिछाने, निर्देशक: तथ्याङ्क कार्यालयका

फेरिएको जीवनशैली र क्रयशक्ति बढ्दै जादा भौतिक विलासिताका सामानको उपभोगमा वृद्धि भएको हो । सरकारी तथ्याङ्क अनुसार हाल नेपालमा २७ दशमलव ३ प्रतिशत परिवारले दैनीक जीवनमा मोटरसाईकल र स्कुटरको प्रयोग गर्ने गरेका छन् । जुन १० वर्षको अन्तरालमा १७ दशमलव ५ प्रतिशतले वृद्धि भएको तथ्याङ्क कार्यालयले समेत पुष्टि गरिसकेको छ । यात्राका लागि प्रयोग हुने निजी साधनको प्रयोग बढ्नुमा सार्वजनिक सवारीको अवस्था समेत जिम्मेवार देखिएको कतिपयको बुुझई छ । यातायातको सुविधा उपयुक्त नहुँदा सवारी साधनको सङ्ख्या बढेको त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उप प्राध्यापक प्रेम चलाउने बताउँछन् ।

नेपाली समाज विलासीतामा रमाउँदै गएको उदाहरण विद्युतिय उपकरणको प्रयोगलाई समेत लिन सकिन्छ । अघिल्लो पटकको गणनामा स्मार्ट फोन प्रयोगकर्ताको संख्या जाँचिएको थिएन । पछिल्लो गणनाबाट भने स्मार्ट फोन प्रयोग गर्ने परिवारको सङ्ख्या ४८ लाख ६२ हजार ८ सय ८५ छ । अर्को रोचक प्रसँग पनि पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ । २०६८ सालमा कुल जनसङ्ख्याको ७ दशमलव ३ प्रतिशतले प्रयोग गर्ने ल्याण्डलाईन टेलीफोन सेवा अहिले भने ४ दशमलव ५ प्रतिशतमा झरेको छ । जुन झण्डै एक लाखले कम हो । यसो हुनुमा प्रविधिमा भएको विकाससँगै यसको उपयोगप्रति आममानिसको रोजाइलाई प्रमुख कारक मानिएको छ । नेपालमा विलासीताका अन्य सामान पनि उच्च मात्रामा प्रयोग भइरहेको छ । गणना अनुसार २३ दशमलव ७ प्रतिशतको पहुँचमा रेफ्रिजेरेटर, ४ दशमलव २ प्रतिशत घर परिवारको पहुँचमा वासिङ्ग मेसिन त कम्तीमा एक प्रतिशतको पहुँचमा एयर कन्डिसन (एसी) पुगेको छ । यो तथ्याङ्क ६६ लाख ६० हजार ४१ प्रिवारबाट सङ्कलन गरिएको सम्वद्ध अधिकारीहरुले बताएका छन् ।


प्रेम चलाउने,उप प्राध्यापक: त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र विभाग

सरकारले विलासी सामानको आयातमा समय समयमा रोक लगाउँदै आएको छ । मुलुकको मुद्रा सञ्चितीलाई ध्यान दिएर सरकारले त्यस्तो नीति लिएपनि यसको प्रयोगका लागि दीर्घकालिन योजना र नीति बनाउनुपर्ने संकेत गणनाको तथ्याङक्ले दिएको तथ्याङ्क कार्यालयका निर्देशक लामिछानेले बताए ।

सरकारी तथ्याङ्क अनुसार कार, जीप र भ्यान र मोटरसाइकल प्रयोग गर्नेको सङ्ख्या बागमती प्रदेशमा उच्च छ । जहाँ कार जीप प्रयोग गर्ने ६ दशमलव ४ प्रतिशत छन् भने ३५ दशमलव ८ प्रतिशतले मोटरसाइकलको प्रयोग गर्ने गरेका छन् । तर, भौगोलिक रुपमा सुगम मानिएको मधेशमा भने मोटरसाइकल प्रयोग गर्ने ३४ दशमलव १ र साइकल प्रयोग गर्ने परिवारको सङ्ख्या ६७ दशमलव ४ प्रतिशत छ । यस्तै कर्णाली प्रदेशमा भने कार जीप प्रयोग गर्ने ० दशमलव ८, मोटरसाइकल प्रयोग गर्ने ६ दशमलव ७ र साइकल प्रयोग गर्ने १ दशमलव ८ प्रतिशत छ । निजी सवारी साधन बढ्नुमा देखाशिकी प्रवृत्ति र विलासी जीवनशैलीको प्रभाव र सरकारी नीतिको अभाव देखिएको त्रिविका समाजशास्त्र विभागका उप प्र्राध्यापक चलाउनेको बुुझाई छ ।

पछिल्लो समय अत्यावश्यक जस्तै भइसकेको इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या पनि बढेको छ । १० वर्ष अघिको गणनामा ३ दशमलव ४ प्रतिशतको पहुँचमा रहेको इन्टरनेट सेवा अहिले ३७ दशमलव ८ प्रतिशतमा पुगेको छ । टेलीभिजन प्रयोग कर्ताको सङ्ख्याको ३७ दशमलव १ बाट ४९ दशमलव ४ प्रतिशतमा विस्तार हुँदा रेडियो प्रयोगकर्ताको सङ्ख्यामा १७ दशमलव ५ प्रतिशले घटेको छ । २०६८ मा ५१ दशमलव ७ प्रतिशतले प्रयोग गर्नेमा ३४ दशमलव २ प्रतिशत छ । यो रेडियो सेटबाट रेडियो सुन्नेको मात्र सङ्ख्या हो । तर, अहिले रेडियो माध्यम पनि डिजिटल र्फम्याटमा जोडिएका छन् ।  

नविन कोइरालाका अन्य लेखहरु पढ्न यहाँ थिच्नुहोस्  । 


प्रतिक्रिया