नेपालका २१ हिमताल विस्फोटको जोखिमः सचेत रहनुपर्ने विज्ञहरुको भनाइ

भाद्र ८, २०८१ | काठमाडौं

गत साउन ३२ गते सोलुखुम्बुुस्थित हिमताल विस्फोटपछि आएको बाढीले थामे गाउँमा क्षति गरेपछि फेरि एक पटक हिमतालबाट हुुने क्षति न्यूनिकरणको विषय चर्चामा आएको छ । अघिल्लो विहिबार एक्कासी बाढी आएपछि हिमताल फुटेको अनुमान गरिएको थियो भने त्यसको भोलिपल्ट मात्र अनुगमनका क्रममा हिमताल फुटेको पत्ता लागेको थियो ।

सो हिमताल विस्फोट भएपछि आएको बाढीले पर्यटकीय स्थल समेत रहेको थामे गाउँमा निर्माण गरिएका संरचनामा क्षति गरेको छ । हुन त नेपालमा पहिलोपटक हिमताल विस्फोट भएको यो पहिलो घटना भने होइन । तर हिमताल विस्फोटबाट हुन सक्ने क्षतिका लागि एउटा पाठ हुन सक्ने विज्ञहरुको भनाइ छ ।

गत शुक्रवार सोलुखुम्बुस्थित हिमताल विस्फोट भएर आएको बाढीले खुम्बु पासाङ ल्हामू गाउँपालिका–५ को थामेबस्तीमा क्षति पु¥याएको थियो । साना आकारमा दुई वटा हिमताल विस्फोटपछिको बाढीले शेर्पाहरुको बाहुल्यता रहेको थामेबस्तीका भौतिक संरचनामा क्षति पु¥याएको हो । त्यसपछि अहिले अन्य हिमताल विस्फोटको जोखिम र त्यसबाट हुन सक्ने क्षति न्यूनीकरणबारे विज्ञमाझ बहस भइरहेको छ । 

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपीले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार नेपालका विभिन्न २१ वटा हिमताल फुट्ने जोखिममा छन् । हिमताल विस्फोट हुनुमा कमजोर भू–धरातल हुनु र जलवायु परिवर्तको असर लगायत कारण भएको इसिमोडका वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा.अरुणभक्त श्रेष्ठ बताउँछन् ।


इसिमोडका वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा.अरुणभक्त श्रेष्ठ

अध्ययन अनुसार हिन्दुकुश हिमालय क्षेत्रमध्ये नेपाल, भारत र चीनको तिब्बतमा रहेका ३ हजार ६ सय २४ हिमतालमध्ये ४७ विस्फोटको उच्च जोखिममा छन् । जोखिममा रहेका भनिएका मध्ये तिब्बतमा २५, नेपालमा २१ र भारतमा एउटा छ । पछिल्ला केही वर्षयता हिमाली भेगको जीवनयापनमा समेत संकटको अवस्था आइरहेको अध्ययन प्रतिवेदनकाबीच सोलुखुम्बुमा २०८१ साउन ३२ गते हिमताल विस्फोट हुँदा आएको बाढीले विद्यालयका संरचना र अन्य भौतिक संरचनामा क्षति पुु¥याएको छ ।

विश्वमा मानव सिर्जीत समस्याका कारण हुने जलवायु परिवर्तन र त्यसको असरबाट नेपाल जस्ता देशपनि प्रभावित हुने गरेका छन् । हाल नेपालमा जोखिम न्यूनीकरणका लागि पर्याप्त पहल हुन नसकेको भनि आलोचना भइरहँदा सरकारी निकायले भने जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामबारे तयारी भएको जनाएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल विषय विज्ञ सम्मिलित टोली गठन गरि प्राप्त सुझाव कार्यान्वयन गर्ने बताउँछन् ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल

नेपालमा यसअघि सन् १९८५ सोलुखुम्बुस्थित डिग–च्छो हिमताल विष्फोट भएको थियो । विस्फोटपछिको बाढीमा परि चार जनाको ज्यान गएको थियो भने जिल्लाका विभिन्न स्थानमा निमार्ण गरिएको १४ झोलुङ्गे पुल क्षतिग्रस्त भयो भने केही जलविद्युत आयोजना समेत क्षतिग्रस्त भएका थिए । यस्तै, दोलखास्थित च्छो–रोल्पा नजिकै रहेको छुवुङ ताल १९९१ मा भत्कँदा रोल्वालिङ उपत्यकामा रहेको वेदिङ गाउँमा क्षति पुगेको थियो । यस्तै सन् २०१६ जुनमा तिब्बतमा फुटेको हिमतालका कारण भोटेकोशीमा ठूलो वाढी आएको थियो । हिमताल विस्फोट हुने जोखिम कम गर्न अपनाइने प्रविधि महङ्गो हुँदा समस्या भइरहेको खानी तथा भूगर्भ विभागका उपचसचिव एवं भूगर्भविद् शिवहरि बाँस्कोटाले बताए ।


खानी तथा भूूगर्भ विभागका उपचसचिव एवं भूूगर्भविद् शिवहरि बाँस्कोटा

इसिमोडको अध्ययन प्रतिवेदन अनुसार दोलखास्थित च्छोरोल्पा, संखुवासभामा पर्ने तल्लो बरुण हिमताल विस्फोटको उच्च जोखिममा छन् । यस्तै सोलुखुम्बुको इम्जा, लुम्दिङ र पश्चिम चामजाङ मनाङको थुलागी हिमताल अति जोखिममा छन् । विज्ञहरुका अनुसार अहिलेसम्म विस्फोटको उच्च जोखिममा रहेको भनिएको दोलखाको च्छोरोल्पा र सोलुुखुम्बुको इम्जा हिमतालको पानीको मात्रा घटाइसकिएको छ । तर, पनि हिमताल भने पूर्ण रुपमा जोखिममुक्त भइनसकेको बताइन्छ । अध्ययन अनुसार च्छोरोल्पाबाट ५ हजार १ सय, तल्लो बरुणबाट ५३ हजार ८ सय ५९ र इम्जाबाट ७ हजार ७ सय लुम्दिङबाट २९ हजार १ सय ५४, थुगालीबाट ३ हजार ८ सय जना प्रभावित हुन सक्ने आँकलन गरिएको छ । 

नविन कोइरालाका थप लेख पढ्न याहाँ क्लिक गर्नुहोस् 


प्रतिक्रिया