विदेश जाने श्रमिक र विद्यार्थीका लागि काठमाण्डौंको २ स्थानमा खोप लगाउने व्यवस्था

श्रावण ११, २०७८ | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि काठमाण्डौंको २ स्थानमा खोप लगाउने व्यवस्था गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै विदेश जाने श्रमिक र विद्याथीका लागि नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लिन सक्नेछन् । खोपका लागि पार्सपोर्ट र भिसा अनिवार्य गरिएको छ । 

यस्तै काठमाण्डौंको सामाखुशीस्थित राधास्वामी आइसोलेशन सेन्टर पनि स्थायी खोप केन्द्र बनेको छ । अब लक्षित वर्गले विभिन्न समयमा स्वास्थ्य कार्यालयले तोके बमोजिम राधास्वामी आइसोलेशन सेन्टरमा गएर खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ ।  


प्रतिक्रिया