थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आश्विन ६, २०७९ | काठमाडौं

पछिल्लो पटक नेपालमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ६२ जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

थप १ सय ३७ जना संक्रमणमुक्त भएका छन् । मूलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ४ सय ५ जना रहेको मनत्रालयको तथ्यांकमा उल्लेख छ । यसैबीच नेपालमा डेंगुका कारण २५ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयका अनुसार १९ हजार ७ सय ६६ जनामा डेंगु रोग देखा परेको छ । 


प्रतिक्रिया