सर्लाहीको कौडेना गाउँपालिकाले अस्पताल बनाउँदै

फाल्गुन १३, २०७९ | सर्लाही

सर्लाहीको कौडेना गाउँपालिकाले १५ बेडको सामुदायिक अस्पताल निर्माण गरिरहेको छ । स्थानीय विरामी पर्दा वीरगञ्ज तथा जनकपुर जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाले अस्पताल भवन निर्माणको काम गरिरहेको गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादवले बताउनुभयो । आगामी जेठसम्म अस्पताल भवनको काम सकेर सञ्चालनमा ल्याउने गाउँपालिकाको लक्ष्य छ ।

 कौडेना–२ फुलपरासीमा दुई करोडको लागतमा सो अस्पताल भवनको निर्माण कार्य भइरहेको हो । अस्पतालमा विशेषज्ञ चिकित्सक राखेर उपचार सुरु गर्ने तयारी गाउँपालिकाको छ । जिल्लाको दक्षिण–पश्चिम क्षेत्रका समान्य बिरामी अहिले औषधि उपचारका लागि सदरमुकामस्थित प्रादेशिक अस्पताल तथा भारतीय बजारसम्म पुग्नुपर्ने बाध्यता छ । 


प्रतिक्रिया