डेंगीको संक्रमणबाट जोगिन सरकारको आग्रह

जेष्ठ १३, २०८० | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगीको संक्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले मन्त्रालयले डेंगी संक्रमणबाट जोगिन आग्रह गरेको हो ।

मन्त्रालयले सूचना जारी गर्दै डेंगीको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैं झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सन् २०२२ सम्ममा ५४ हजार छ सय ३० जनामा डेंगी देखिएकामा ८८ जनाको मृत्यु भएको थियो भने गत पुस १५ देखि हालसम्म सात सय एक जनामा डेंगीको संक्रमण देखिएको छ ।


प्रतिक्रिया