६९ जिल्लामा डेंगी, सतर्कता अपनाउन विज्ञको सुझाव

जेष्ठ २६, २०८१

पछिल्लो समय मुलुकका विभिन्न ६९ जिल्लामा डेंगी संक्रमण फैलिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य शाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार पछिल्लो समय डेंगीको संक्रमण बढेसंगै संक्रमित जिल्लाको संख्या पनि बढेको हो ।

गत जनवरीदेखि हालसम्म विभिन्न सथानमा गरी एक हजार १ सय ५ जनामा संक्रमण देखिएको उहाँको भनाई थियो । गत वर्ष यही समयमा डेंगी संक्रमण उच्च देखिएका स्थानमा छिटफुट मात्र पाइएको पनि उहाँले जानकारी दिनुभयो ।

वर्षा शूरु भएसंगै लामखुट्टेको टोकाईबाट हुने डेंगी संक्रमण बढ्न सक्ने भन्दै सतर्कता अपनाउन पनि उहाँले सुझाउनुभयो । लामो बाहुला भएको कपडा लगाउन, घर वरिपरि पानी जम्ने ठाउँ नष्ट गर्न, घर वरिपरि सफा राख्न सके डेंगीबाट बच्न सकिने उहाँको भनाई छ ।

गत वर्ष डेंगीका कारण धेरै मानिसले ज्यान गुमाउनु परेको भन्दै सथानीय तहले पनि डेंगी रोकथाम र नियन्त्रणको कार्यक्रमहरु परिचालन गरेका छन् । 


प्रतिक्रिया