७२ वटा जिल्लामा डेंगी फैलियो

असार ५, २०८१ | काठमाडौं

गत जनवरीदेखि हालसम्म मुलूभर एक हजार २ सय ४१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७२ वटा जिल्लामा सो संख्यामा डेंगी पुष्टि भएको हो । सबै भन्दा बढी कोशी प्रदेशमा देखिएको महाशाखाको तथ्यांकमा उल्लेख छ । त्यसपछि बागमती प्रदेशमा बढी संक्रमित पाइएको छ । 

काठमाण्डौंमा एक सय ४१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । त्यपछि झापामा एक सय १२ जनामा डेंगी संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ । डेंगी भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाईबाट सर्ने भएकाले यसको टोकाईबाट जागिन विज्ञहरुले सुझाएका छन् । 


प्रतिक्रिया