सुनसरी पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

असार ३०, २०८१ | सुनसरी

सुनसरीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । 

इनरुवामा आज एक कार्यक्रमकाबिच जिल्ला समन्वय सुनसरीका प्रमुख राजन मेहेता सहितका सरोकारवालाहरुले सुनसरीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।

 जिल्लाका १२ वटै स्थानीय तहमा सबै मापदण्ड पुरा भएपछी सुनसरीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यलय सुनसरीका प्रमुख सागर प्रसाईले बताउनुभयो ।

 दुई बर्षअघि पनि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । तर सुनसरीको बर्जु गाउँपालिकामा दादुराको प्रकोप फैलिएपछि पुनः खोप अभियान चलाइएको थियो ।  


प्रतिक्रिया